सिलिकोनबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग
काठमाडौं – सिलिकोन एजुकेशन ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । नेपाली विद्यार्थीलाई कोरिया लगायतका देशमा अध्ययनका लागि पठाउँदै आएको सिलिकोनले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत, पुनरस्थापना र पुननिर्माणका लागि यो रकम सहयोग गरेको हो ।
काठमाडौंको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको सिलिकोनले विगतमा भूकम्प पिडित, कोसी बाढी पीडित लगायत विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । ‘पीडामा पनि सँगै, पुनरनिर्माणमा पनि सँगै’ भन्ने नाराका साथ सिलिकनले सरकारको दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो ।
भोटेकोसी बाढीमा परेर १ हजार जनाको मृत्य पुष्टि भइसकेको छ भने हजारौं बेपत्ता रहेका छन् । यो बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका नागरिक जिल्ला प्रभावित भएका छन् । अस्वभाविक रुपमा आएको बाढीले खर्बौंका संरचनाहरु बगाएको छ भने हजारौं नागरिक घरबार विहिन भएका छन् । सिलिकोनले उनीहरुको राहत, पुनरस्थापना र पुननिर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तरगत स्वच्छिक रुपमा सहयोग गरेको हो ।
सिलिकोन कोरिया अध्ययनका लागि निकै लोकप्रिय शैक्षिक कन्सल्टेन्सी हो भने यहाँबाट अस्ट्रेलिया, बेलायत, क्यानडा, जापान, अमेरिका लगायतका देशमामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्राप्त हुँदै आएको छ । डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको सिलिकोनका नयाँ बानेश्वर, चावहिल, जडिबुटी, बुटवल र दाङका शाखा कार्यालयहरु रहेका छन् ।