अमेरिकाको लागि ठुलो खतरा बन्दै चीन

शुक्रबार, २४ माघ २०७६

एजेन्सी – अमेरिकाको लागि चीन सबैभन्दा ठुलो खतरा बन्दै गएको छ । एफबीआईका निर्देशक ‘क्रिस्टोफर रे’ले बिहीबार गरेको एक प्रेस सम्मेलनमा चीन अमेरिकाको लागि कानून प्रवर्तनको सबैभन्दा ठूलो खतरा भएको दाबी गरेका हुन् ।

निर्देशक क्रिस्टोफरले चीनले अमेरिकी प्रविधि चोर्न जस्तो सुकै उपाय अवलम्बन गर्न खोजिरहेको आरोप लगाएका छन् । ब्युरोकाअनुसार, ब्युरोको छप्पन क्षेत्रीय कार्यालयमा चीनको एक हजारवटा प्रविधि चोरी सम्बन्धी अनुसन्धान भइरहेको छ ।

यसैगरी, एफबीआई काउन्टरइन्टेलिजेन्सका प्रमुख जोन ब्राउनका अनुसार ब्युरोले सन् २०१९ मा चोरी सम्बन्धी २४ चिनियाँ नागरीकलाई नियन्त्रणमा लिएको थियो भने २०२० मा १९ जनालाई नियन्त्रणमा लिइसकेको छ । निर्देशक क्रिस्टोफर भन्छन्, ‘चीनले बढाई रहेको यस्तो खतराप्रति अमेरिकी सरकारले आफ्नो उच्चस्तरिय कार्यमार्फत यसको सामना गर्नुपर्छ।’