सुशनले लिए मेडन विकेट

शनिबार, २५ माघ २०७६

काठमाडौं- आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सुशन भारीले पाँचौँ सफलता दिलाएका छन्। उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै अमेरिकाका अक्षय होमराजलाई क्याच आउट गराएका हुन्। उनले मेडनसहित एक विकेट लिएका हुन्।

यससँगै अमेरिका निकै दबाबमा परेको छ। उसले ११औं ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै २७ रन जोडेको छ।

यसअघि सन्दीप लामिछानेले पहिलो सफलता दिलाउँदै दुई विकेट लिएका छन् भने करण केसीले एकै ओभरमा २ विकेट लिएर अमेरिकामाथि पूर्ण दबाब सिर्जना गरेका छन्।