२ सैनिकको हत्या

आइतबार, २६ माघ २०७६

काठमाडौँ-अफगानिस्तानको नानगरहारमा अफगानी युनिफर्म लगाएका एक व्यक्तिले मशिनगन प्रहार गरी दुई अमेरिकी सैनिकको हत्या गरेको र ६ अन्यलाई घाइते बनाएको अमेरिकी सेनाले पुष्टि गरेको छ । शनिवार नानगरहार प्रान्तमा अमेरिकी र अफगानी बलले संयुक्त कारवाही चलाएर फर्कंदै गर्दा घटना भएको अफगानिस्तानमा रहेको अमेरिकी सेनाका एक प्रवक्ताले बताए । घाइते भएका सैनिकहरूलाई अमेरिकी अड्डामा उपचार गरिरहेको कर्नेल सोन्नी लेगेटले बताए । तर उनीहरूको अवस्थाका बारेमा उनले थप खुलाएनन् । घटनाको बारेमा थप जानकारी संकलन गरिरहेको र किन घटना गराइएको हो भन्ने खोजी गरिएको उनले जानकारी दिए ।