रङ्गशाला निर्माणमा गाउपालीकाको ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

आइतबार, २६ माघ २०७६

काठमाडौँ– गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गरिहेको रङ्गशालाका लागि गाउँपालिकाले सहयोग गरेको हो ।

रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो। गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाएको छ ।