ट्राफिक प्रहरीले घरमै गएर चिट काट्ने

आइतबार, २६ माघ २०७६

काठमाडौं–ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरे घरमै गएर चिट काट्ने काम गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आइतवार पत्रकार सम्मेलन गर्दै महाशाखाले ट्राफिक नियम उल्लंघन गरे सीसीटिभीको माध्यमबाट घरमै पुगेर कारबाही गर्ने जनाएको हो ।

महाशाखाले नियम उल्लंघन गर्नेलाई महाशाखाकै कार्यालयमा पनि बोलाउन सक्ने जनाएको छ ।

जरिवाना रकम भने अनलाइनबाटै तिर्न सकिने महाशाखाले जनाएको छ ।