प्रेमिकाले फोन नउठाएको झोँकमा घाँटी रेटेर हत्या
काठमाडौँ विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा शव भेटिएकी सम्झाना खत्री ९परियार० को फोन नउठाएको झोकमा उनकै प्रेमीबाट हत्या भएको खुलेको छ।शुक्रबार बिहान घाँटी काटेर सलले बेरेको अवस्थामा शव भेटिएको दुहबी–६ की ३२ वर्षीया सम्झनाको हत्या उनका प्रेमी सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई बुढिगंगा गाउपालिका ३ पोठियामा डेरा गरी बस्ने २५ को सुरेन्द्र प्रसाद साहले गरेको प्रहरीले जनाएको छ।
क्वालिटी नुडल्स कम्पनीमा स्टोर इन्चार्जको रूपमा कार्यरत साहले बारम्बार फोन गर्दा पनि नउठाएपछि आवेगमा सम्झनाको घाँटीमा सल बेरेर हत्या गरेको खुलेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।साहले मंगलबार बारम्बार फोन गर्दा पनि सम्झनाले फोन नउठाएको र बेलुकी भेट हुँदा रिसको झोकमा हत्या गरेको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए।
फोन नउठेपछि १२ बजेतिर घरमै गएछन् र घरमासमेत नभेटेपछि पुनः कम्पनीमा आएर काम गरेछन्’ अधिकारीले भने, ‘बेलुकी पुनः खोज्न जाँदा बाँसबारी चोक अगाडि सम्झनालाई भेटेर मोटरसाइकलमा लगेर हत्या गरेको स्वीकारेका छन्।’
सुरुमा सम्झनाले फोन नउठाएको र पछि स्विच अफ गरेपछि साहले आफू रिसाएको प्रहरीसमक्ष बयान दिएका छन्। दिनभर कता गएको र किन फोन नउठाएको भनेर सोध्दा नभनेपछि आफूले रिसको झोकमा उनैको सलले घाँटी बेरेको र पछि बेहोस हुँदा घिसार्दै लगेर बाँसले घाँटीमा घोपेर हत्या गरेको साहले बयान दिएको अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार सम्झना र सुरेन्द्रको ३ वर्षदेखिको सम्बन्ध रहेको खुलेको छ। सम्झनाका पति कामको सिलसिलामा इलाममा रहेकोले सुरेन्द्र र सम्झनाको दिनहुँजसो भेट हुने गरेको अधिकारीले बताए। सुरेन्द्रले सोमबार मात्रै सम्झनाको घरमै शारीरिक सम्बन्ध राखेको बयान दिएको अधिकारीले सुनाए।
साहले प्रयोग गर्ने मोटरसाइकलसमेत बरामद गरी उनीविरुद्घ कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ।बिराटनगर बखरीमा मृतअवस्थामा फेला परेकी महिलाको सनाखत