रुखबाट लडेर एक जनाको मृत्यु
काठमाडौँ- रुखबाट लडेर एक जनाको ज्यान गएको छ । तिनाउँ गाउँपालिका(३ चौकीभञ्याङ्गमा आइतबार रुखबाट लडेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौकीभञ्याङ्गकै ३८ वर्षीय टंकबहादुर दर्लामी रहेका छन् । घाँस काट्न रुख चढेका दर्लामीको लडेर घटनास्थलमै ज्यान गएको प्रहरी चौकी दोभानका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा