असंतुष्ट पक्षको भेला सिंहको निवास चाक्सीबारीमा

बुधबार, २१ फाल्गुन २०७६

काठमाडौं–नेपाली कांग्रेसका असंतुष्ट पक्षको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको छ ।

सभापति देउवाले एकलौटी ढंगले २० वटा विभाग र केही केन्द्रीय सदस्य मनोनित गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असंतुष्ट छ ।

१४ औं महाधिवेशन अर्को वर्ष फागुनमा गर्ने निर्णय भएर क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरू सुरू भइसकेका बेला देउवाले भटाभट मनोनित गरेपछि महाधिवेशन प्रभावित हुन सक्ने भन्दै पौडेल पक्ष सशंकित छ ।

काठमाडौंमा रहेका केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरूको भेला बुधबार सिंह निवासमा बसेको हो । उक्त भेलामा बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायत उपस्थित छन् ।

सिंहका सहयोगी यूपी लामिछानेका अनुसार आवश्यक रणनीति तय गर्न भेला बसेको हो ।