स्वाबलम्बनको शेयर कारोबार रोक्का
काठमाडौं–स्वाबलम्बन लघुुवित्त वित्तीय संस्थाको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । कम्पनीले शेयरधनीहरुले बोनस शेयर तोकिएको समयमा पाउने सुनिश्चिता हुन अवस्थामा अन्योल आएपछि नेप्सेले कारोबार रोक्का गरेको हो ।
नेप्सेले कम्पनीसगँ ३ दिनको स्पष्टीकरण माग गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्नै घोष्णा गरेको थियो ।
बोनस वितरणपश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरी कायम गरि अभिलेख गराएको संशोधित प्रबन्धपत्र कार्यान्वयन नगराउन कम्पनी रजिष्ट्रार कार्यालयले गते पत्राचार गरेको थियो ।
सो कुराको जानकारी लघुवित्तले नेप्सेमा गराएपछि नेप्सेले कारोबार रोक्का गरेको हो ।