प्रेरक प्रसंग : आधा–आधा लड्डू
काठमाडौं–कुनै नगरबाट चारजना व्यतिहरु व्यापार गर्न भनेर परदेरश गए । परदेशमा व्यापार व्यवसाय गरेर राम्रै धन कमाए । सञ्चित धन लिएर घर फर्कदै थिए, रात पर्यो र एक ठाउँमा बसे । रातको भोजन गर्ने समयमा, उनीहरुबीच दुईजना खानेकुरा लिनजाने र दुईजना बास बस्ने ठाउँको देखरेख गर्ने सहमति भयो । खानेकुरा लिन गएका दुईजनाले बाटोमा नै सल्लाह गरे– ‘यार ! खानेकुरामा विष हालेर लैजाम् र उनीहरुलाई खान दिम् । उनीहरु मरेपछि उनीहरुको सम्पति पनि हामी दुईजनाा आधा–आधा बाँडेर लिम् ।’ सल्लाह अनुसार तिनीहरु विष हालेको लड्डू लिएर बास बसेको ठाउँ फर्किए । यता बासस्थलमा नै बसेका दुईजनाले पनि सल्लाह गरे– ‘अनि यिनीहरु तलवार लिएर खानेकुरा खोज्न गएका साथीहरु प्रतीक्षा गर्नथाले ।
उनीहरु आइपुगनासाथ यिनीहरुले ती दुईजनालाई तलावारले प्रहार गरेर मारिदिए । त्यसपछि उनीहरुको सामान आधा–आधा गरेर घर फर्कने सुर कसे । हिँड्न अघि उनीहरुको फेरि सल्लाह भयो– ’यी त मरिहाले, यिनीहरुको सम्पति पनि हाम्रो भयो । अब घर जान अगाडि के भोकै जानु, यिनीहरुले ल्याएको लड्डु खाएरै जाम, ।’ यसो भनेर तिनीहरुले त्यो विष हालेको लड्डु खाए । तिनीहरु पनि त्यहीँ नै मरे । अतह छलकपट गर्ने मान्छे आफै आफै छलकपटको शिकार हुन्छ ।