प्रेरक प्रसंग : कुवामा टोपी खसेपछि भयो यस्तो !
काठमाडौं–यो सुनेर मुर्ख नेताले भन्यो– ‘एकपटक म पनि आपनो ससुराली गएँ । बाटो जाँदाजाँदै एउटा कुवाको छेउमा पल्टिएर निदाएँ । हिँड्दा–हिँड्दै थाकेर म एकदम गहिरो निद्रामा परेछु कि मलाई केही होश नै भएन । मेरो टोपी खसेर कुवामा परेछ । बिउँझेर हेरेको त साँझ पर्न लागिसकेको रहेछ । म हतारहतार टोपी नलाई छिटो–छिटो हिँड्न थालें । म ससुराली नजिकै पुगेको थिएँ, त्यहाँ एकजना नाइकी पत्नीले मलाई देखी । शिरमा टोपी नलाई त्यतिकै आएको देखेर उनले मेरो श्रीमतीको मृत्यु भएछ भन्ने सोचिन् । उनलले गएर भेरो ससुरालीमा भन्दिछ– ‘ज्वाई त आफ्नो पत्नीमो नराम्रो खबर सुनाउन, मृत्यु भयो भन्न यतै आउँदै हुनुहुन्छ ।’ यो सुनेर त्यहाँ सबैजना रुवावासी गर्न थाले । म त्यहाँ पुगेर हेर्दा त सबै रोएको देखें ।
अनि पक्कै पनि त्यहाँ केही अशुभ भएको होला भनेर म पनि उनीरुसँगै मिसिएर रुन थाले । अन्त्यमा सबैले मलाई भने– ‘जे भयो भयो, हुनदिनुस् । भगवानको अगाडि कसैको केही चल्दैन, जेहुनु छ त्यो भएरनै छोड्छ । तर तपाईं त सकुशल हुनु हुन्छ नि ?’ उतर आयो–’अँ यहाँ त सबै ठीकै छ ।’ मैले फेरि सोधे– ’अनि तपाईंहरु किन रुनु भएको त ?’ उनीहरुले भने–’हामीले तपाईं शिर खाली राखेर आउन् भएकोले तपाईंको पत्नी मरिन्, हाम्रो छोरी मरिन् भनने सोचेर रोएको हो ।’ यो सुनेर मैले आफैले आफैलाई सम्हाले र लाजले त्यहाँबाट भागें । त्यसपछि लाजले गर्दा आजसम्म पनि ससुराली जान सकेको छैन ।