कतारले नेपालमाथि लगायो प्रतिबन्ध

सोमबार, २६ फाल्गुन २०७६

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि कतारले नेपालसहित १४ देशमाथि प्रतिबन्ध लगाएको छ । उसले कतार प्रवेश गर्ने जोकोही यात्रुलाई पनि अस्थायी रोक लगाएको हो ।

कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो ।

कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको थियो । कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ।