तेलको मूल्य ३० बर्ष यताकै सस्तो
एजेन्सी – कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । तेल उत्पादक देशहरुको समूह ओपेक र रूसबीच कच्चा तेलको विषयमा प्रतिद्वन्द सुरू हुने डरले बजारहरुमा तेलको मुल्यामा भारी गिरावट आएको हो ।
उता चीनको निर्यातमा आएको स्थिरता र जापानी अर्थव्यवस्था खुम्चिँदा एसियाली बजारमा असर परेको हो । सोमबार कच्चा तेलको मूल्यमा ३० प्रतिशतसम्म गिरावट देखिएको छ । यो १९९१ मा खाडी युद्धपछि कच्चा तेलको मूल्यमा आएको सबैभन्दा बढी गिरावट हो । यसको असर ऊर्जा कम्पनीहरुको सेयर मूल्यमा पनि परेको छ ।