सरकारले लालपुर्जा दिएको जग्गा भारतमा
कञ्चनपुर,– २७ फागुन । सरकारले लालपुर्जा दिएको जमिन भारतमा परेको पाइएको छ । जग्गा पाइन्छ भन्ने सुनेपछि चक्रबहादुर चन्दको परिवार ०२२ सालमा सुर्खेतबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा पुग्यो ।
भारतीय सीमानजिकै आठ बिघा जमिन उपभोग गर्न थाल्यो । दुई वर्षमै उनीहरूले ६ बिघाको लालपुर्जा पाए । त्यसपछि ०५२ मा नापी भयो । तीन वर्षपछि नै ०५५ मा सरकारले बाँकी दुई बिघाको पनि लालपुर्जा दियो । उनीहरूको खुशीको सीमा रहेन । तर, २१ वर्षपछि अहिले त्यो खुशी उड्ने हो कि भन्ने चिन्ता चन्द परिवारमा छाएको छ ।