प्रेरक प्रसंग : हजारमा विवाह
काठमाडौं – तीज जना मुर्खको कुरा सुनेपछि चौथो अतिमृर्खले पनि आफ्नो विद्धता दर्शाउँदै भन्यो– ‘म पहिला राजाको एकदम विश्वसनीय कामदाार थिएँ । त्यहाँ हँुदा मैले धन पनि निकै कमाएँ र खर्च पनि त्यतिकै गरेँ । एकदिन एकजना बुढीमान्छेले मलाई, तिमीले एक हजार खर्च गर्यौ भने म तिम्रो विवाह गराइदिन्छु भनिन् । यो सुनेर मैले त्यो बुढीमान्छेलाई हजार रुपैयाँ दिएँ ।’
केही समयपछि ती आइन् र भनिन्, ‘तिम्रो विवाह भयो ।’ म पनि मेरो विवाह भएको सुनेर निकै खुशी भएँ । म पनि मेरो विवाह भएकोे सुनेर निकै खुशी भएँ । फेरि केही समयपछि ती बूढीले मलाई अर्को शुभसमाचार सुनाइन्– ‘तिम्रो द्ई जना छोरा भए । उनीहरुको पालन पोषणका लागि अलिकति पैसा लेऊ ।’ उनले मसँग पैसा लगिन् । यसैगरी तिनको लालनपालन, शिक्षा अनेक कुराका लागि पैसा दिँदादिँदै म गरिब भएँ । अनि मैले ती बुढीलाई भर्ने– ‘उनीहरुको पालनपोषणमा निकै धन खर्च गरेँ । यतिसम्म कि, अब त म आफै निकै नै निर्धन भैसर्कै । अब त मलाई मेरा कुटुम्बहरुसँग भेट गराईदिनु । त्यहीँ अलि सुखसँग बस्गैं ।’
यो सुनेर मलाई बूढीले एउटा घर अगाडि लगिन् र भनिन्– ‘आज बुहारी मसँग कुनै कुराले ठुस्सीएकी छ । मलाई देखेर रिसाउन सक्छे, त्यसैले तिमी एक्लै भित्र जाऊ र बोलाउ । तिम्री छोराहरु तिम्रो नजिक आउनेछन् ।’
यो सुनेर म श्रीमती, छोराहरु भेट्न पाउने आनन्दमा भित्र छिरेँ । भित्र पसेर बोलाएको मात्र के थिएँ, दुईजना केटाहरु खुशीहँुदै आए र मलाई भित्र लगे । मैले उनीहरुलाई मिठाई दिएँ । त्यहाँ महिला पनि थिई । मैले उसलाई मेरो श्रीमती सोचें । उनले मलाई उसको पतिको कोही साथी होला भन्ने सोचेर छोराहरुको हातमा चियाखाजा पठाइन् । मैले खुशी हुँदै सबै कुरा खाएँ र छोराहरुलाई काखमा राखेर खेलाउन थालें ।
त्यतिकैमा उसको पति आइपुग्यो । उसले मलाइृ देख्नासाथ नमस्कार गन्यो र मेरो हालखबर सोध्यो । अनि भित्र गएर आपनो श्रीमतीलाई सोध्यो– ‘को हो त्यो ? हाम्रा छोराहरुलाई बडा मजाले काखमा राखेर खेलाइरहेको छ ।’ श्रीमतीले भनी– ‘मैले त हजुरको साथी होला भनेर स्वागत गरेको । हजुर नै प¥ता लगाउनुहोस् त को हो ?’ ऊ आयो र मलाई सोध्यो– ‘को हो तपाई ? मैले त चिनिन नि !’ मैले भनें– ‘म तपाईंको ज्वाईं, तपाईको बहिनी र मेरो विवाह भएको छ र यी बच्चाहरु तपाईका भान्जाहरु हुन् ।’
मैले यति भन्नसाथ त्यो मान्छे रिसले चुर भयो । उसले मलाई भन्यो– ‘ओइ, तैले रक्सी खाएर आइसकी के हो ? के भन्दैछस् भाहा छ तँलाई ? तेरो काले आएको छ जस्तो छ, त्यसैले यस्तो कुरा गदैछस् । अब तुरुन्त भाग्छस् कि जुताले हाने लखेटम् ?’ यो सुनेर मलाई असाध्यै लाजलाग्यो । म त्यहाँबाट जुता पनि नलगाई भागेँ र त्यो बाटो अहिलेसम्म पनि हिँडेको छैन ।
अतह, मुर्खको अवगुणले जताततै बेइज्जत हुन्छ । त्यसैले मानिसले सतविचार र सद्गुण ग्रहण गर्नुपर्छ ।