अमेरिकामा कोरोना भाइरसका कारण ३० जनाको

बुधबार, २८ फाल्गुन २०७६

मृत्युकाठमाडौँ– अमेरिकामा कोरोना भाइरसका कारण ३० जनाको मृत्यु भएको छ । सोमबार मात्रै भाइरसका कारण सात जनाको मृत्यु भएको थियो भने मंगलबार थप चार जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रमितहरुको संख्या ९७६ पुगेको छ । एक दिनमा नै कोरोना भाइरस संक्रमित २७२ ले बढेको हो । अमेरिकामा यतिधेरै संख्यामा संक्रमितहरु बढेको यो पहिलो घटना हो । ह्वात्तै बढेपछि अमेरिका सरकारलाई थप चुनौती थपिएको छ ।
संक्रमितहरुको संख्या बढेसँगै अमेरिकामा त्रासको वातावरण पनि सुरु भएको छ । अमेरिकाले उच्च सतर्कता अपनाउन आग्रह गरिरहे पनि बजारमा चरम अभाव देखिएको छ । खानेकुरा लगायन अन्य अत्यावश्क कुरामा अभाव देखिएको बताइएको छ ।

स्टक नै खाली गरेर सबै सामान लगेपछि बजारमा चरम अभाव देखिएको अधिकारीहरुले बताएका छन् । त्यस्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरसबारे फेक न्युज धेरै आइरहेको भन्दै टिप्पणी गरेका छन् । तर, भाइरसका कारण अमेरिकामा छिट्टै नै चरम संकट आउन सक्ने अधिकारीहरुले बताएका छन् ।