आमाबुवाकै कारण बच्चाको मुड खराब
कतिपय बालबच्चा क्षणमै रिसाउँछन्, झर्कन्छन्, आक्रमक हुन्छन् । क्षणमै खुसी र उत्साहित पनि । किन बालबच्चाको मुड यसरी क्षण–क्षणमै बद्लिन्छ के यो स्वभाविक अवस्था हो
सामान्यत बालबच्चाहरु वर्तमानमा बाँचिरहेका हुन्छन् । वर्तमानको परिस्थिती अनुसार नै उनीहरुको मुड पनि परिवर्तन भइरहेको हुन्छ । त्यसैले क्षण–क्षणमा मुड बद्लिनु स्वभाविक मान्न सकिन्छ । तर, कतिपय अवस्थामा भने मानसिक विकारको रुपमा पनि यस किसिको प्रवृत्ति विकास हुनपुग्छ ।
यस्तो अवस्थामा उनीहरु बिना कारण रिसाउँछन्, झर्कन्छन् । क्रोधित हुन्छन् । आक्रमक हुन्छन् ।
खासमा यो समस्या बच्चाको होइन, हाम्रो हो । हामीले नै बच्चालाई यस्तो रोगले ग्रस्त बनाइदिएका छौं । किनभने हामीले आफ्नो बच्चालाई बच्चा होइन, मेशिन वा यन्त्रको रुपमा व्यवहार गरिरहेका छौं । आमाको दुध नछाड्दै उनीहरुलाई शिशु कक्षामा पुर्याइन्छ । एक कक्षामा पुग्दा नपुग्दैन उनीहरुलाई ट्युसन कक्षामा भर्ना गरिन्छ । कोचिङमा पठाइन्छ