प्रधानमन्त्री ओलीलाई पत्नी राधिकाले भेटिन्

बिहिबार, २९ फाल्गुन २०७६

काठमाडैं–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्नी राधिका शाक्यले भेटेकी छन् । प्रत्यारोपणको नवौं दिनमा बिहीबार पत्नी राधिकाले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।

यसअघि मिर्गौला दाता समीक्षा संग्रौला बाहेक प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मात्रै भेटेका छन् ।

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा छन् । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेको विज्ञप्तिमा उल्लेख छ । भाइटल र ल्याब सूचकहरु पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नियमित आहार लिइरहेको पनि उल्लेख छ । प्रधानमन्त्री ओलीले २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।

तर, मिर्गौलाले काम नगरेपछि झण्डै एक वर्षदेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आएका थिए ।