चीनले भन्यो कोरोनाको उत्कर्ष सकियो

बिहिबार, २९ फाल्गुन २०७६

काठमाडौं– विश्व स्वास्थ संगठन डब्लूएचओ ले महामारी घोषणा गरेको २४ घन्टा वित्न नपाउँदै चीनले भने कोरोना भाइरस कोभिड–१९ को उत्कर्ष सकिएको बताएको छ ।

हुबेई प्रान्तमा नयाँ संक्रमितको संख्या एक अंकमा झरेसँगै चिनियाँ शीर्ष स्वास्थ्य अधिकारीले कोरोनाको उत्कर्ष सकिएको बताएका हुन् । बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको थियो । भाइरस फैलिएपछि पहिलोपटक नयाँ संक्रमितको संख्या १० भन्दा पनि कम देखिएको हो ।