आर्सनलका प्रशिक्षक अर्टेटालाई कोरोना संक्रमण

शुक्रबार, ३० फाल्गुन २०७६

काठमाडैं–एजेन्सी । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो ।

मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएको बताउँदै आर्सनलले शनिबार ब्राईटोनविरुद्धको खेल स्थगित गरिएको छ ।