रमेश गिरीको ‘चढ्दै गयो जवानीको जोश’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं – गायक रमेश गिरीको नयाँ लोक दोहोरी गीत ‘चढ्दै गयो जवानीको जोश’ सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रमा जम्दै आएका गिरीले आफ्नै शब्द, संगीत र स्वर रहेको गीत बजारमा ल्याएका हुन ।
उनलाई स्वरमा प्रिति आलेले साथ दिएकी छिन । भर्खरै बजारमा आएको उक्त गीतलाई दर्शकले अत्याधिक रुचाएका छन । ओएसआर डिजिटल मार्फत बजारमा आएका उक्त गीतमा करिस्मा ढकालको अभिनय रहेको छ ।