फेकनमा चुनावी सरगर्मी बढ्यो, अध्यक्षमा त्रिपक्षिय भिडण्त
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)मा चुनावी सरगर्मी बढेको छ । २ सयको हाराहारीमा मतदाता रहेको फेकनमा तीन जनाले अध्यक्षमा उमेद्वारी दिने तयारी गरिरहेका छन । फेकनकी प्रथम उपाध्यक्ष गिता रिजाल, फेकनमा महासचिव भुपाल तामाङ र फेकनमा पूर्वउपाध्यक्ष बासु नेपालबीच कडा प्रतिशपर्दा हुने भएको छ ।
आगामी चैत्र २९ गते तय गरिएको निर्वाचनका लागि प्यानलै बनाएर उमेद्वारी दिने तयारी सबैको छ । अध्यक्षका प्रत्यासी तीनै जनाले अहिले आफ्ना मतदाता भेटेर आफूलाई मतदान गर्न अनौपचारिक रुपमा आग्रह गरिरहेका छन ।
अध्यक्षका प्रत्यसी तीनै जनाले आफू फेकनको अध्यक्षका लागि योग्य भएको भन्दै दावि गरिरहेका छन । बरिष्ठ उपाध्यक्ष गिता रिजालले आफू फेकनको आगामी कार्यसमितिको नेतृत्व गर्न सक्क्षम भएको भन्दै उमेद्वारी दिने बताएकी छिन । अघिल्लो कार्यकालमा सरकारले बनाएको समन्वय समितिमा रहेर नीति निर्माणको तहमा हस्तक्षपकारी भुमिका निर्वाह गरेकाले फेकनियहरुले मत दिनेमा विश्वस्त रहेको बताइन् ।
शैक्षिक परामर्श बजारमा रहका संघ संस्थाहरुमा पहिलो चोटी महिलाले नेतृत्वको लिन खोजेकाले सबैले सहयोग गर्ने पर्ने उनको भनाई छ । सरकारीसँग राम्रो पहुँच भएको, नेपाल सरकार र मातहतका निकायहरुमा हस्तक्षपकारी भुमिका निर्वाह गर्न सक्ने, सबैलाई मिलाएर लैलानसक्ने क्षमता आफूमा भएकाले आगामी निर्वाचन आफ्ना लागि अनुकुल हुने रिजालको भनाई छ ।
यता, फेकनलाई एक ढिक्का बनाएर लैजानका लागि आफूले उमेद्वारी दिन लागेको महासचिव भुपाल तामाङको भनाई छ । कार्यसमितिका अत्याधिक साथीहरुको समर्थनमा आफूले उमेद्वारी दिने तयारी गरेको उनको भनाई छ ।
कार्यसमितिका बहुमत सदस्यहरुले तामाङलाई अगाडि बढ्न हौसला दिएको उमेद्वारी दिन लागेको बुझिएको छ । उनले नेपाल सरकारसँगको लभिङमा हस्तक्षपकारी भुमिका निर्वाह गर्न सक्ने, अन्य संगठनहरुसँग सहकार्य गर्दै कन्सल्टेन्सी पेशलाई मर्यादित बनाउन पहल गर्ने, परामर्श बजारमा महासंघको आवश्यकता महशुस भएकाले महासंघ बनाउन पहल गर्ने भन्दै आफ्ना मतदातालाई भेटिरहेका छन ।
उनले आफूले संगठन निर्माणमा महत्वपूर्ण भुमिका खेलेकाले फेकनका सदस्यहरुले आफूलाई विश्वास गर्नेमा ढुक्क रहेको बताएका छन ।
अर्का उमे्द्वार बासु नेपालले पनि उमेद्वारी दिने बताउँदै आएका छन । उनी पनि आफ्ना सदस्य मतदाताहरुलाई भेटघाट गर्ने र विभिन्न खालका आश्वासन दिइरहेका छन । एक कार्यकाल फेकन बाहिर रहेर शक्ति सञ्चय गरेर बसेकाले आफू निर्वाचित हुनेमा ढुक्क रहेको उनको भनाई छ ।
अहिलेका फेकन कार्यसमितिले उल्लेख्य काम गर्न नसकेकाले आफू फरी फेकनमा आउन परेको उनको भनाई छ । शिक्षा नीतिका विषयमा हस्तक्षपकारी भुमिका निर्वा गर्न नसक्नु, परामर्श व्यवसायका समस्याहरु जस्ताको तस्तै हुनु र समस्या समाधानका लागि पहल कदमी लिन नसकेकाले फेकनमा आफ्नो आबश्यकता महशुस भएको उनको भनाई छ ।
फेकनका उपाध्यक्ष पवन मैनालीले फेकनमा सर्वसम्मत नेतृत्व आउनुपर्ने बताएका छन । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै मैनालीले आफू अन्तिमसम्म पनि सहमतिका लागि पहल गरिरहने बताए । सहमतिका नाममा हुने सहमति भन्दा पनि कार्यसमितिलाई मान्य, कार्यकुशलतामा सक्षम व्यक्तिलाई फेकनमा ल्याउनु पर्ने उनको भनाई छ ।
यता फेकनका सचिव अमितबाबु ढुङ्गानाले पनि फेकनले क्षमतावान नेतृत्व चाहेको बताएका छन ।