भूकम्पपीडितसँग घुस लिने इन्जिनियरविरुद्ध मुद्दा
भूकम्पपीडितसँग घुस लिने काठमाडौँ महानगरका सव–इन्जिनियरविरुद्ध मुद्दा दायर भएको छ।
भूकम्पपीडितसँग घुस लिने महानरका सव इन्जिनियर गणेश ठकुल्लाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहल, काठमाडौंमार्फत विपद ब्यवस्थापन विभाग काठमाडौं महानगरपालिकामा कार्यरत सवइन्जिनियर ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गरिदिन्छु भन्दै २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ।
आयोग टंगालबाट खटिएको टोलीले ठकुल्लालाई २० हजार रुपैयाँ लिइसकेको अबस्थामा काठमाडौँबाटै नियन्त्रणमा लिएको थियो।