११ किलो गाँजासहित दुईजना पक्राउ

सोमबार, ३ चैत्र २०७६

पक्राउ–पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका–१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय राम प्रताप यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज ३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजासहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो ।