रुसले बेलारुससंगको सीमा बन्द गर्यो

सोमबार, ३ चैत्र २०७६

 

काठमाडैं–कोरोना भाइरसको संक्रमणमा रोक लगाउन रुसले बेलारुससंगको सीमा बन्द गरेको छ ।
बेलारुससंगको सीमा बन्द गर्ने विषयलाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनले सोमबार जानकारी दिएका हुन् ।
रुसी प्रधानमन्त्रीले भने‘हामीले बेलारुससंगको नाकामा आवतजावत गर्न समेत प्रतिबन्ध लगाएका छौँ ।
कोरोनाको संक्रमणमा रोक लगाउन हामीले बढी मात्रामा ध्यान दिएका छौँ ।
आफ्नो देशमा कोरोनाको संक्रमणमा रोक लगाउन निरन्तर रुपमा लगिरहेका छौँ साथै प्रभावकारी कदम समेत चालेको रुसी प्रधानमन्त्रीले जनाएका छन् ।