प्रहरीद्वारा फेरी सर्वोच्च अदालतको अबज्ञा, नविन र भृकुटी अदातलबाट पक्राउ
काठमार्डौं – पुर्वमन्त्री तथा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य नविन विश्वकर्मा र पुर्व सभाषद् धिरिन्दा कुमारी उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले फेरी पक्राउ गरी गिरप्तार गरेको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै गेटबाटै प्रहरीले दुबै जनालाई पुनः पक्राउ गरेको हो ।
बन्दीप्रत्यक्षीकरण रिटबाट रिहा गरिएका नविन र भृकुटीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरि बेपत्ता पारिएको आफन्तले जनाएका छन । यसअघि पाटन उच्च अदालत, धरान जिल्ला अदालत, कालिकोट जिल्ला अदालतबाट रिहा हुँदै गिरफ्तार हुँदै आएका दुवै जनालाई दैलेख जिल्ला प्रहरीले पुनः गिरफ्तार गरि अभद्र व्यवहारको मुद्दा लगाएको थियो ।
गएको साता उमेश उपाध्यायले दायर गरेको रिटउपर सोमबार आदेश जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह रावत र मनोजकुमार शर्माको संयुक्त इजलाशले रिहा गर्न आदेश दिएको थियो ।
उनीहरुलाई अदालतको गेटबाट पुनः पक्राउ गरी प्रहरीले सर्वोच्व अदालतको आदेशको अवज्ञा गरेको छ । अदालतको अवहेलना मुद्धा खेपिरहेको प्रहरीले फेरी पक्राउ गरेर अदालतको मानहानी गरेको छ ।