NECA को सचिवमा दिपक कोइराला नियुक्त

मंगलबार, ४ चैत्र २०७६

काठमाडौं – राष्ट्रिय शैक्षिम परामर्श संघ, नेपाल (नेका)ले रिक्त रहेको सचिव पदहरुमा दिपक कोइरालालाई नियुक्त गरेको छ । नेकाको पहिला महाधिवेशन पछि रिक्त रहेको सचिव पदमा सेन्ट जेभिएरका कोइराला नियुक्त भएका हुन ।

विगत लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा रहेर विद्यार्थीहरुलाई सहि परामर्श दिदै आएका कोइरालालाई नेकाका अध्यक्ष शन्तोष प्याकुरेल मनोनित गरेका हुन । शैक्षिम परामर्श व्यवसायमा अव्वल मानिने उनी विद्यार्थीहरुलाई सहि परामर्श दिन पर्छ भन्दै लभिङ गर्दै आएका छन ।

अधिबक्ता समेत रहेका कोइरालाले नेकालाई परामर्श क्षेत्रको प्रतिष्ठित संख्था बनाउन महत्वपूर्ण भुमिका खेल्नसक्ने आँकलन गरिएको छ । शैक्षिक परामर्श संगै, विभिन्न खालका तयारी कक्षा समेत संचालन गर्दै आएका उनी नेका स्थापनकाल देखिनै सक्रिय रहदै आएका थिए ।

यो पनि पढ्नुहोस्

अझैं रोकिएन एलआईसी नेपालको ठगी धन्दा