बजारमा ग्यास पाइएन ? प्रहरीलाई फोन गर्नुहोस् (फोन नम्बर सहित)
काठमाडौं – बजारमा ग्यासको अभाव नरहेकाले नआक्तिन सरकारले जनतालाई आग्रह गरेको छ । बजारमा साविकको मागभन्दा ठुलो परिणाममा ग्यास आयात भइरहेकाले नआक्तिन सरकारको आग्रह छ ।
मंगलबार संवाद चौतारीमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै महानगरि प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले ग्यासको अभाव हुन नदिन नेपाल सरकार लागि परेको बताए । उनले भने, ‘हामी कसैलाई पनि भोकै बस्न दिदनौं । अहिले ग्यास प्रयाप्त मात्रामा आइरहेको छ । तपाईहरु आक्तिन पर्दैन ।’
उनले अगाडी भने, ‘यदी तपाईले ग्यास पाउनु भएन भने प्रहरीलाई फोन गर्नुहोस् । हामी तत्काल उपलब्ध गराउँछौं ।’ अत्याधिक माग भएको बहाना गर्दै कालोबजारी हुनसक्ने तर्फ संकेत गर्दै डिआइजी पोखरेलले त्यस्तो भएको पाइए तत्काल फोन गर्न आग्रह गरे ।
नेपाल प्रहरीको कन्ट्रोल १०० मा फोन गरेर ग्यास नपाएको जानकारी गराउने वित्तिकै प्रहरी ग्यास लिएर हाजिर हुने उनको भनाई छ ।
हेर्नुहोस पुरा भिडियोमा ।
यो पनि…
अझैं रोकिएन एलआईसी नेपालको ठगी धन्दा