म केपी ओलीद्वारा संरक्षित भ्रष्टाचारी हुँ : गोकुल बास्कोटा

बुधबार, ५ चैत्र २०७६

बुटवल – सरकारका निवर्तमान प्रबत्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले ‘म केपी ओलीद्वारा संरक्षित भ्रष्टाचारी हुँ’ भनेर लेखिएका प्रचाहरु भेटिन थालेका छन । पश्चिम नेपालका शहरहरुमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र बास्कोटाले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संरक्षित दलाल र भ्रष्टाचारी रहेको अर्थ लाग्न्े प्रचाहरु भेटिन थालेका छा ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी)ले भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै यस्ता खालका पर्चाहरु वितरण गर्दै भित्ताहरुमा टाँसिएका छन ।

भ्रष्टाचारीको मुखसम्म हेर्न नरुचाउने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै भ्रष्टाचारका दुई ठुला नाइकेलाई संरक्षण गरेको आरोप लगाउँदै उक्त संगठनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको आरोपसहित बुधबार बिहानै बुटवलका विभिन्न ठाउँहरुमा कुकुर, गोरुका शरीर तथा सार्वजनिक स्थानमा पोस्टर टाँसेको छ । यसैगरी यस्तै प्रकृतिका पोष्टरहरु लुम्बिनीका ७ जिल्लाहरुमा एकैसाथ टासिएको र थप कार्यक्रमहरु समेत रहेको अखिल (क्रान्तिकारि)ले जनाएको छ ।

यस्तै बिश्वभर महामारी बनिरहेको कोभिड १९ कोरोना भाईरसबारे सचेतना अभियान समेत सो संगठनले चलाएको छ । सार्वजनिक स्थल, विद्यालय लगायतमा हात धुने विधि र कोरोना बिरुद्ध जागरुक रहने तरिकासहित पोष्टर र पम्पलेटहरु बाडेको छ ।