यातायातका चालक–सहचालक गल्दै गए – सरोज सिटौला
काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायातका चालक, सहचालकहरु गल्दै गएको बताएका छन् ।
कोरोना भाइरस कोभिड–१९ को महामारी विश्वभर फैलिरहेका अवस्थामा त्यसबाट जोगिन अपनाउनु पर्ने सावधानीका सन्दर्भमा सिटौलाले सजगताका लागि सरकारले ठाउँठाउँमा पानीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले चालकहरु र सहचालकहरु त्रसित भएको भन्दै यतातर्फ ध्यान दिन आग्रह गरेका छन् । सिटौलाले छोटो दूरीको यात्राका लागि उनले हिँडेरै जान आग्रह गरेका छन् ।
चालक र सहचालकलाई अधिकतम मास्क उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् । महासचिव सिटौलाले ब्ल्याकमा किनेर चालक र सहचालकले मास्क लगाउनु पर्ने वाध्यता रहेको बताए ।
उनले सरकारले जफत गरेका मास्क चालक र सहचालकलाई उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।
सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेको अवस्थामा सिटौलाले यतातर्फ आफूहरु गम्भीर रहेको बताए ।
उनले डाक्टर जस्तै चालक र सहचालकहरु पनि निकै संवेदनशील हुनु जरुरी रहेको बताए । सिटौलाले चुनौती खेप्दै गएको अवस्थाबाट सेवा दिन परिरहेको भन्दै सरकारले यतातर्फ ध्यान