प्रेरक प्रसंग : तपाई जे माग्नुहुन्छ त्यही पाइन्छ

बिहिबार, ६ चैत्र २०७६

कठमाडौं – एकजना राजाका धेरै रानीहरु थिए । ती राजा विशेष कार्यवश अलि लामै समयका लागि विदेश गएछन् । यता रानीहरुले राजा गएको देशमा के के चीज राम्रो पाइन्छ रे भन्ने सुने । यस्तो सुनेपछि रानीमध्येकी एकजना रानीले राजालाई चिठ्ठी लेखेर त्यहाँ कण्ठी राम्रो पइिन्छ रे, मलार्य लेराइदिनहोला भनिन् ।

अर्कीले त्यहाँका औंठी राम्रो भन्दै औठी ल्याइदिन भनिन् । यस्तै गरी सबै रानीहरुले राजालाई पत्र लेख्दै आ–आपना इच्छित बस्तुहरु ल्याइदिन आग्रह गर । तर एकजना रानीले भने, मलाई केही पनि चाहिँदैन, हजुरको दर्शन मात्र पाए पुग्छ । त्यसैले हजुर फर्केर आउन् भई म, हजुरकी दासीलाई धन्य बनाइदिनुहोस्, भनेर पत्र लेखिन् ।

राजाले सबैको पत्र पाए र पढे । उनले रानीहरुको माग अनुसारका सबै सामानहरु मगाए । उनले आपनो इच्छाले पनि केही सामानहरु मगाए र स्वदेश फर्किए । दरवारमा फर्किएपछि उनले रानीहरुले मगाएको सामान रानीहरकै कक्षमा गए, जसले पत्रमा हजुर मात्र आए पुग्छ भनेर लेखेकी थिइन् ।

यो कुरा थाहा पाएर अरु रानीहरुलाई निकै ईष्र्या लाग्यो । उनीहरुले राजासँग भने–महाराज, हामीले के अपराध ग¥यौं र हजुर हामो कक्षमा नआइ उसको कक्षमा मात्र आउनुभयो । अनि हामीलाई किन एक–एक बटा मात्र सामान दिएर उसलाई धेरै सामान दिनु भयो ?

राजाले उतर दिए–तिमीहरु सबै आ–आपनो पत्र फेरि पढ त ! तिमीहरुले जे जे माग्यौ, मैले त्यो ल्याइदिएँ । अनि यो रानीको पत्र हेर, यिनले पत्रमा जे चाहेको थिइन्, त्यो यिनले पाइन् ।

यसै प्रकार भगवान्सँग मान्छेहरुले जे जे माग्छन्, भगवान्ले उनीहरुलाई त्यही त्यही दिन्छन् । धन माग्नेलाई धन, माटो माग्नेलाई माटो, जल माग्नेलाई जल र पत्थर । तर वास्तवमा, भगवानको उपासकले अन्य वस्तुको लालच छोडेर भगवानकै उपासनामा लीन हुनुपर्छ ।

अतहः सामान्य मान्छेहरु भगवान्सँग भौतिक वस्तुको कामना राख्छन् । तर बुद्धिमान मान्छेले उनको दर्शन मात्रको कामना गर्छ ।