तपाई वा तपाईका आफन्तलाई कोरोनाको शंका लाग्यो ? यी डाक्टरलाई फोन गर्नुहोस् (मोवाइल नम्बरसहित)
काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)ले सबैलाई आतङ्कित बनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम भएको मुलुकमा राखे पछि नेपालीमा पनि त्रास उत्पन्न भएको छ ।
विज्ञहरुले नेपालमा समेत कोरोना फैलिनसक्ने भन्दै सावदानी अपनाउन आग्रह गरिरहेका छन भने सरकारले विभिन्न क्षेत्रमा प्रतिबन्ध समेत लगाइसकेको छ । सावदानी अपनाउँदा अपनाउँदै कोरोनाको लक्षण देखिएको खण्डमा तुरुन्त डाक्टरको सम्पर्कमा गई चेक गराउन सरकारले आग्रह गरेको छ । आफू बाहेक अरुलाई फैलिन नदिन समयमै चेकजाँच गर्दै उपचार गराउनु बुद्धिमानी मानिन्छ ।
यदी लक्षण देखिए काठमाडौंको टेकु स्थित सरुवा रोग अस्पतालमा रहेका डाक्टर तथा प्राविधिकहरुलाई फोन गरेर भेट्न सक्नुहुनेछ । त्यसका लागि तल उल्लेखित मोवाइल नम्बरमा फोन गरेर आफू र आफ्ना परिवारलाई यस भव्यतब्यबाट बचाउन सक्नुहुनेछ ।
तपशिल
१) डा. श्रावण कुमार मिश्र – ९८५११६८२२०
२) डा. रञ्जित शाह – ९८७२७०१५६५
३) राजेश कुमार गुप्ता – ९८५११३९९८८
४) दिने थापा मगर (रातिका लागि) – ९८२३१६८५४०
५) नरेश थापा मगर (रातिका लागि) – ९८०३१५२१४९