प्रेरक प्रसंग : जे हुन्छ राम्रै हुन्छ, जे हुन्छ राम्रैका लागि हुन्छ
काठमाडौं – एकजना सैनिक २० वर्षको जागिर अवधि सकेर घर फर्कदै थियो । घर जाने बेलामा उसले आपनो श्रीमतीका लागि ओढ्ने र बच्चाहरुका लागि खेलाना र केही मिठाई किन्यो ।
ओढ्ने र खेलौनामा लगाएको रङ अलि कच्चा, उडने खालको थियो । ऊ जाँदाजाँदै बाटोमा पानी प¥यो । पानील ओढ्ने र खेलौनामा लगाइएको सबै रङ पखालियो । मिठाई पनि पानीले भिजेर पग्लियो । यस्तो देखेर त्यो सैनिकले भन्यो– हेर, बीस वर्षापछि गाउँ फर्किदा ओढ्ने र खेलौना अनि अलिकति मिठाई घर लान लागेको, त्यो पनि भगवानले देखि सहेनन् ।
सैनिक भगवानसँग रिसाउँदै जाँदे थियो बाटोमा उसले दुईजना डाकुहरु देख्यो । एउटा डाकुले त्यो सैनिक आउँदै गरेको देखेर बन्दुक तेस्र्यायो र गोली हान्न खोेज्यो । तर पानीले भिजेर उसको बन्दुक बिग्रिसकेको थियो र गोली चलेन ।
गोली नचलेको देखेर त्यो सैनिकले दुशी हुँदै भन्यो, ‘धन्य भगवान् यदि अहिले वर्ष नभएको भए मेरा प्राण नै जाने रहेछ । श्रीमति र बालबच्चाहरुको मूख पनि देख्न नपाइ मर्ने थिएँ । यी ओढ्ने खेलौना पनि यतिकै यहीँ हुन्थे । अब वर्षा बन्द भएपछि म घर जान्छु र परिवारसँग भेटघाट गर्छु । हे भगवान्, अगि मैले अज्ञानतावश नराम्रो भन्ने अपराध गर्रे त्यसका लागि मलाई क्षमा दिनुहोस् ।’
अत: भगवान्ले सधै प्राणीहरुको रक्षा गर्छन् । जे हुन्छ राम्रै हुन्छ, जे हुन्छ रामैका लागि हुन्छ ।