अन्ततः अर्थमन्त्रालयको शरणमा अध्यक्ष ढुंगानाः बन्द होला त नेपाली शेयर बजार

शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना शेयर बजार बन्द गराउने प्रस्तावमा छलफल गर्न अर्थमन्त्रालयको शरणमा पुगेका छन् । बजार बन्द गर्ने बिषयमा आफैँ निर्णय गर्न नसकेपछि ढुंगाना यतिबेला अर्थमन्त्राय पुुगि सकेका छन् । उनले अर्थन्त्रालयमा यस बिषयमा छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ ।

कोरोना भाइरसका कारण फिलीपिनी लगायतका शेयर बजार बन्द भइसकेका छन् । कोरोनाकै कारण देखाउँदै नेपालमा बजार बन्द गर्ने बहस चलिरहेको छ । लगानीकर्ताहरुपनि बजार बन्द गर्ने माग राख्दै धितोपत्र बोर्डमा पुगेका थिए । बोर्डलाई पनि बिषेश परिस्थीतीमा एक हप्तासम्म बजार बन्द गराउन पाउने अधिकार छ । सोभ भन्दा बढी समयसम्म बजार बन्द गर्न अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने छ । बोर्ड र लगानीकर्ताहरु बीच बजार बन्द गर्ने बिषयमा भद्र सहमति भइसकेको बताइएको छ ।

बोर्डले बिहीबार ५ बुँदै सुचना जारी गर्दै बोक्रर कार्यलय लगायतका सम्बन्धीत ठाउँहरुमा भिडभाड नगर्न निर्देशक जारी गरेको थियो । बोर्डले बोक्रर कार्यलयमा भएको डिस्प्ले बन्द गर्ने, माक्स लगाएर कारोरबार गने बिषयमा बोर्डले निर्दशन दिएको थियो । बोर्डले बिहीबार जारी गरेको निर्देशनको आधारमा सरकारी पक्ष बजार बन्द गर्ने पक्षमा नभएको देखिन्छ ।