चैत ९ गतेपछि कुन कुन कार्यालय बन्द हुन्छन ? हेर्नुहोस पुरा विवरण

शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं – सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ।

शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजपत्रमा भएका १९ बाहेकका सबै सेवा ९ गतेदेखि बन्द हुने जानकारी दिए। राजपत्रमा अत्यावश्यक सेवाअन्तर्गत निम्न कुराहरू राखिएका छन् ।

१) डाँक तार वा टेलिफोन सेवा

२) जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा

३) हवाइ अड्डा, हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४) हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा

५) प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा

६) हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा

७) सञ्चार सेवा

८) आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९) खानेपानीको सञ्चालन तथा वितरण सेवा

१०) पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा

११) पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा

१२) अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी ९एम्बुलेन्स सेवा जस्ता सेवाहरु०

१३) औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

१४) फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,

१५) बैंकिंङ सेवा

१६) बीमा सेवा

१७) विद्युत सेवा

१८) दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।

यीबाहेकका सेवा दिने निजी तथा संस्था वा व्यवसाय भने ९ गतेदेखि बन्द गर्नु पर्ने भएको छ।