कोरोनाबारे विद्रोही नेकपाले मुख खोल्यो, जनताका पक्षमा चाल्यो यस्तो कदम (विज्ञप्तिसहित)

शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं – नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबै संघर्षका कार्यक्रमहरु रोकेको जनाएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसले राष्ट्रिय संकट उत्पन्न भएको भन्दै आफ्ना सबै कार्यक्रमहरु स्थगित भएको एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले आज एक बिज्ञप्ती जारी गर्दै सबै पार्टी कमिटिलाई जनसेवामा खटिन अपिल गरेको छ । उक्त विज्ञप्ति मार्फत महामारी र संकटको बेलामा पार्टीका संषर्षका कार्यक्रम स्थगित गरी जनताको स्वास्थ्य सेवामा लाग्न सबै नेता कार्यकर्ता लाइ निर्देशन दिएको छ ।

नेकपाका ब्युरो इन्चार्ज निर्माणद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सबैलाई स्वास्थ्याको ख्याल गर्न भनिएको छ । हेर्नुहोस् पुरा विज्ञप्ति