नेपाल–भारत सिमा नाका बन्द

आइतबार, ९ चैत्र २०७६

काठमाडौं – कोरोनाभाइरस (कोभिड– १९) ले विश्वव्यापी महामारी सिर्जना गरिरहेका बेला बाँके जिल्लास्थित नेपाल–भारत नाका बन्द गरिएको छ । पश्चििम नेपालको जमुनाहा नाकामा एक सातासम्म्का लागि बन्द भएको हो ।

भारतमा समेत कोरोना संक्रमितहरूको संख्या बढिरहेका बेला ७ दिनका लागि रुपैडिया–जमुनाहा नाका भएर हुने आवतजावत बन्द गर्न दुवै देशका अधिकारीहरू सहमत भएपछि नाका बन्द भएको हो ।

भारतको उत्तरप्रदेशस्थित बराइच जिल्ला र नेपालको बाँके जिल्लाका सरकारी अधिकारीहरूको आज रुपैडिया (सीमा नाकाको भारतीय बजार)मा बसेको बैठकले एक साताका लागि आवतजावत रोक्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी समेत रहेका उपाध्यायका अनुसार मालबाहक सवारी साधनलाई भने आवतजावत गर्न दिइनेछ ।
नाका प्रवेश गर्नुअघि ती सवारी साधनका चालकरसहचालकको स्वास्थ्य जाँच अनिवार्य गरिने उपाध्यायले बताए ।

त्यस्तै, कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ का सीमानाकाहरु पनि बन्द गरिएका छन् । केहीलाई मात्र खुल्ला राख्दै अधिकांश सीमा नाकाहरु आइतबार बिहानैदेखि बन्द गरिएको प्रदेश २ सरकारले जनाएको छ ।

सप्तरीका कुल आठमध्ये ७ वटा सीमानाका बन्द गरिएको छ । सिरहामा दुईबाहेक सबै सीमा नाका बन्द गरिएको छ । धनुषामा ३७ बाहेक ३५ वटा सीमा नाका बन्द गरिएको छ । महोत्तरीमा एकबाहेक सबै सीमानाका बन्द गरिएको छ । महोत्तरीमा भारतसँग सीमा जोडिएका १२ वटा नाकाहरु रहेका छन् ।

सर्लाहीमा पनि दुई वटा सीमानाका मात्रै खोलिएको छ । रौतहटमा एक वटा नाका मात्रै खोलिएको छ । बाराका ५ वटा सीमा खोलिएको छ । पर्सामा एकबाहेक सबै सीमा बन्द गरिएको छ । रक्सौलबाहेकका सबै सीमानाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।