सरकारलाई ग्लोबल आइएमई बैंकको साथ, चौतर्फी प्रसंशा
काठमाडौं – ग्लोबल आइएमई बैंकले सरकारलाई उल्लेख्य आर्थिक सहयोग गर्ने भएको छ । कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले सञ्चालन गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा १ करोड रुपैयाँ उपलब्ध गराएर सहयोग गर्ने भएको हो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तरगतको बजेट मार्फत सरकारको खातामा उक्त रकम उपलब्ध गराउने जनाएको छ । बैंकले लिएको यो कदमको सबैतिर प्रसंशा गरिएको ।
कोरोना भाइरसले विश्वलाई त्रसित बनाइनुका साथै नेपालसमेत उच्च जोखिममा रहेकाले सरकारसँग हातेमालो गर्न उक्त रकम उपलब्ध गराउन लागेको बैंकले जनाएको छ।
स्थापनाकालदेखि नै दैवी प्रकोप तथा अन्य विपतको समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ।