देशभर लकडाउन भए पनि यी पेशा व्यवसायमा आवद्धलाई बाहिर निस्किन छुट
काठमाडौं – नेपालका एक युवतीलाई (कोभिड १९) कोरोनाभाइरसको संक्रमण भएको पुष्टी भएपछि सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनमा कसैलाई पनि घर बाहिर निस्किन मनाई छ ।
सरकार एक हप्तासम्म कसैलाई पनि घर बाहिर ननिस्किन भने पनि केही पेशा व्यवसायमा आबद्ध व्यक्तिहरुलाई भने छुट हुनेछ । संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आफ्नो पहिचान खुल्ने परिचय पत्र साथमा बोकेर हिडडुल गर्न छुट छ ।
पत्रकारलाई रिपोटिङका लागि, सुरक्षाकर्मीलाई सुरक्षा दिनका लागि र स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थासम्म पुग्नका लागि सरकारले छुट दिएको हो । त्यस्तै, अत्यावस्यकका सवारी साधनलाई पनि नरोकिने भएको छ ।
एम्बुलेन्स, प्रेस, दमकल, पानी र ढुवानीका सवारीसाधनलाई पनि निर्वाध रुपमा चल्न दिइने छ ।