‘प्रधानमन्त्री ओलीको भान्जा हुँ’ भन्दै लुट मच्चाउँदै

मंगलबार, ११ चैत्र २०७६

कवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बेच्दै लुट मच्चाउने गरेको पाइएको छ । आफू पत्रकार बताउँने ‘हिरा’ लुट्ने गिरोहका मुख्य नाइकेले आफू प्रधानमन्त्रीको भान्जा भएको भन्दै प्रहरीलाई प्रधानमन्त्रीसँगको फोटो देखाउँदै पन्छिन खोजेको बताइएको छ ।

आफुलाई पत्रकार भन्ने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी हिरासतमा राखेको छ । बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीसँग दशैंमा टिका लगाएको फोटो फेसबुकको कभर पेजमा राखेकै आधारमा आफू प्रधानमन्त्रीको भान्जा भनेर लुट्ने कार्यमा संग्लग्न छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ‘म प्रधानमन्त्री ओलीको भान्जा हो, तिमिहरुले मलाई कतिमिनेट थुनेर राख्न सक्छौ’ भन्दै धम्की दिइरहेका छन । प्रहरीको बिचमा आचार्यले आफू पत्रकार ऋषि धमलाको सालो भनेर पनि तर्साउन खोजेको प्रहरीको भनाई छ । तर उनी पत्रकार ऋषि धमलाको सालो र प्रधानमन्त्री ओलीको भान्जो नभएको प्रहरी निकट स्रोतले दाबी छ ।

बरु उनी आबद्धनै नभएको मिडियाको परिचय पत्र बनाएर त्यसको दुरुपयोग गरेको स्रोतको दावि छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आचार्यसहित ४ जनालाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

मकवानपुरका प्रहरी उपरिक्षक एसपी सुसिल सिंह राठोरले ‘हिरा’ लुट्ने गिरोहमा संलग्न ४ जनामाथि थप अनुसन्धान गरी कडा कारबाही गरिने बताए । हिजो आइतबार साँझ कैलाश गाउँपालिका वडा नम्वर ५ मा धनलक्ष्मी गुरुङको घरमा पुगी ‘हिरा’ लुटेपछि उनीहरुलाई प्रहरी चौकी पालुङको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका आचार्य केही बर्ष अघि संचारकर्मी रवि लामिछाने नाममा रहेको विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तरवार्ताको गिनिज रेकर्ड तोड्ने भन्दै प्रचार प्रशार गरिरहेका थिए ।