विदेशबाट आएका अभिभावकबाट असुरक्षित बालबालिका, कोरोनाको आशंकामा तीन जना अस्पताल भर्ना

मंगलबार, ११ चैत्र २०७६

काठमाडौं – कोरोना संक्रमणको आशंकामा तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन् ।

तीनै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको हो ।