विप्लवका ललितपुर जिल्ला कमिटी सदस्य धुब्र पार्टीबाट निश्कासित

मंगलबार, ११ चैत्र २०७६

ललितपुर – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ललितपुर जिल्ला कमिटी सदस्य धुब्र अधिकारी पार्टीबाट निश्कासित भएका छन । पार्टी विरुद्धका गतिविधिका लागेको भन्दै उनलाई नेकपा जिल्ला कमिटी ललितपुरले कारबाही गरेको हो ।

पार्टीको नाममा आर्थिक अराजकता गरेको, पार्टीको संगठनात्मक विधि, पद्धति, अनुशासन बाहिर रहेर काम गरेको, पार्टी विपरित संकास्पद गतिविधि गरेको र पार्टी नीति, विचार, पद्धति विपरित गुटबन्धी गरेकोले कारवाही गरिएको जिल्ला सेक्रेटरी विदुषीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘पार्टी हित विपरित गतिविधि गरेर पार्टीका शुभचिन्तक, जनता र कार्यकर्तामा श्रम छरिरहेको विषय क्षम्य हुँदैन ।’ विदुषीद्वारा जारी विज्ञप्तिमा अगाडी भनिएको छ, ‘निज धुब्र अधिकारी क्रान्ति र परिवर्तन विरोधी गतिविधिमा संग्लग्न रहेको पाइएकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निश्कासन गरिएको जानकारी गराउँदछौं ।’