डलरको भाउ घट्यो, आज कतिमा कोराबार भइरहेको छ ?
काठमाडौं – आज अमेरिकन डलरको भाउ घटेको छ । मंगबार बढेर अहिले सम्मकै उच्च बिन्दुमा पुगेको डलरको भाउ आज भने घटेको छ ।
मंगलर डलर एकको भाउ बढेर खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा पुगेको थियो । बुधबार भने डलर एकको भाउ खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ ।
