धनगढीबाट कोरोना संक्रमित व्यक्तिको फेसबुक लाइभ, हेर्नुहोस् के भने ? (भिडियो सहित)

आइतबार, १६ चैत्र २०७६

धनगढी – धनगढीमा रहेका कोरोना संक्रमित व्यक्तिलाई हदैसम्मको अमानवीय व्यवहार गरिए पाइएको छ । उनलाई कैदीलाईझैं भोटे ताल्चा लगाएर थुनिएको छ भने उपचार गर्न कुनै पनि डाक्टरहरु अगाडी सरेका छैनन् ।

फेसबुकमार्फत सम्पर्कमा आएका उनले आफ्नो स्थिति सामान्य रहेको र आराम गरिरहेको बताएका छन । तर उनलाई तातो पानीसमेत दिइएको छैन ।

धनगढीमा उनको उपचार गतिलो नभएको भन्दै उनलाई काठमाडौँ ल्याउने तयारी गरिएको बुझिएको छ । ‘मलाई कसैले उपचार गरेनन् । कोहि डाक्टर पनि आएनन् । मलाई कोरोना लागेकोजस्तो फील पनि भएको छैन ।’ उनले भनेका छन, ‘मलाई अस्पतालको शवदाह छेउमै रहेको कक्षमा राखिएको छ । म एक्लै छु।’

चैत ७ गते विहान ७ बजे दिल्ली पुगेका उनी दिल्लीबाट साँझ ४ बजे काठमाडौं आएका उनी बुद्ध एयरकाृ प्लेन चढेर नेपालगञ्जसम्म पुगेका थिए । ‘काठमाडौँबाट सिधै धनगढी आउन टिकट पाइन । त्यहि भएर नेपालगंजको टिकट काटें । नेपालगञ्ज विमानस्थलदेखि कोहलपुरसम्म विद्युतीय रिक्सामा पुगें। कोहलपुरबाट माइक्रोमा चढेर अत्तरियासम्म पुगे। अत्तरियाबाट बस चढेर धनगढी पुगेको थिएँ।’

उनले भनेका छन, ‘मामाको छोरा लिन आउनुभएको थियो । घरमा माइजु मात्र हुनुहुन्थ्यो । म मामा घरमा अलग्गै कोठामा बसेको थिए । कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहेकोले कम्पनीले नै एक महिना बिदा दिएर घर पठाएको हो ।’ उनले भने ।

हेर्नुहोस् अर्थ सरोकारले तयार पारेको यो भिडियोमा कोरोना संक्रमितको लाइभ