प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गोप्य पत्र पठाएको खुलासा, के छ गोप्य पत्रमा ?

आइतबार, १६ चैत्र २०७६

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गोप्य पत्र पठाएको पाइएको छ । आजभन्दा ४ दिन अगाडि उक्त पत्र पठाइएको खुलासा भएको छ ।

पत्रमा कोरोना भाइरसको रोकथामका लागि सहयोग गर्न चिनियाँ राष्ट्रपति सीलाई पठाएको प्रचण्डको सचिवालयले जनाएको छ । चार दिन अगाडि पठाएको पत्रमा प्रचण्डले नेपाल कोरोनाको महामारीसँग जुधिरहेकाले सहयोग गर्न आग्रह गरेका छन्।

उनले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाई समेत दिएको प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिइन । ‘चार दिनअगाडि अध्यक्षले औपचारिक पत्र पठाउनुभएको छ’, प्रचण्डकी स्वकिय सचिव दाहालले भनिन्, ‘कोरोना रोक्न सफल भएकोमा बधाई र नेपाललाई सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ।’

पत्रमा उनले औषधि र अन्य मेडिकल सामाग्री सहयोग गर्न समेत भनेका छन्। ‘सि’लाई पठाएको पत्र चार दिनसम्म किन गोप्य राखियो भनेर धेरैले शंका गरेका छन् । बाहिर कोरोनाको विषय ल्याएपनि भित्र अरु केही छकी भनेर शंका गरिएको हो ।