नेपाल लाइफ इन्सुरेन्सका बीमितहरुलाई खुशीको खवर, कम्पनीले ल्यायो गजवको अफर
काठमाडौं – नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा बीमा गरेका बीमितहरुका लागि खुशीको खवर छ । अव कम्पनीमा बीमा गरेका बीमितहरुले घरमै बसेर आफ्नो बीमाको समयअवधि तथा आफ्नो दावि भुक्तानी माग गर्न पाइने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले ग्राहकका लागि यस्तो व्यवस्था गरेको हो । सरकारले देशलाई लकडाउन गरेकापछि सबैले आफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य भएकाले घरमै बसेर आफ्नो बीमा बारेको जानकारी लिन यस्तो सेवा सुचारु गरेको कम्पनीले जनाएको छ ।
कम्पनी जारी गरेको एक बक्तब्यमा भनिएको छ, ‘यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim र Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको छ ।’
उक्त बक्तब्यमा Maturity Claim सेवा मार्फत आफ्ना बीमितहरुले बीमा लेख Maturity हुने समयावधीको जानकारी लिन सकिने जनाएको छ । यस सेवामा Maturity को समय पुगेका बीमितहरुले आफ्ना बीमा लेखको Maturity Claim को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट Maturity Claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी Claim Intimation सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ ।
जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा Virtual Office को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।
यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Maturity Claim र Claim Intimation सेवाको लागि यहाँ क्लिक गर्नुहोस्
Maturity Claim र Claim Intimation सेवा लिन Tutorial लागि यहाँ क्लिक गर्नुहोस
नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम e-Sewa, Prabhu Pay / Nepal Investment Bank मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।
साथै, यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।