बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको सव आफन्तलाई दिन आनाकानी, कोरोना लुकाएको परिवारको आरोप
काठमाडौं – बुटवलको कोरोना विशेष अस्पतालमा ज्यान गुमाएका पाल्पाका युवाको सव अस्पतालले परिवारको जिम्मा लगाउन आनाकानी गरेको छ । कोरोनाभाइरस संक्रमित भएको आशंकामा अस्ताताल भर्ना भएका उनको शनिबार दिउसो मृत्यु भएको थियो ।
मोटिभेट न्यूज डटकमको सम्पर्कमा आएका मृतकका आफन्तले अस्पतालले विना कारण मृतकको सव परिवारलाई जिम्मा लगाउन आनाकारी गरेको बताए । मृतकका आफन्तले टेलिफोट गर्दै उनको कोरोनाभाइरसका कारण मृत्यु भएको तर सरकारले लुकाएकाले सव आफन्तलाई दिन आनाकानी गरेको आरोप लगाए । युएईमा अस्पतालको एम्बुलेन्सको ड्राइभर भएर काम गर्दैगर्दा स्वास्थ्यमा समस्या देखिएपछि उनी गत चैत्र ६ गते नेपाल आएको थिए ।
बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्दै आएका ३३ बर्षिय युवाको सवलाई अस्पतालले परिवारको जिम्मा लगाउन आनाकानी गरेपछि मृतकका आफन्त सोमबार वेलुका रुदै घर फर्किएका छन ।
स्वास्थ्य मन्त्रालयका प्रबत्ता डा. विकास देवकोटाका अनुसार ती युवामा बारम्बार कोरोना परिक्षण गर्दा पनि कोरोना नदेखिएपछि अस्पतालले सव परिवारको जिम्मा लगाउन पर्ने बताएका छन् । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै डा. देवकोटाले अस्पतालले मृतकको सव नदिएर गल्ती गरेको बताए । उनले भने, ‘उहाँलाई कोरोनाभाइरसको संका गरिएको थियो । त्यहि भएर हामीले २ पटकसम्म उहाँको परिक्षण गर्यौ । दुबैचोटी नेगेटिभ रिपोर्ट आएको छ ।’ उनले भने, ‘अस्पतालले मृतकको सव राखेर केही काम छैन ।’
किन दिएन अस्पतालले सव ?
अस्पतालले आफन्तलाई कि दिएन त सव ? यस विषयमा हामीले अस्पतालको व्यवस्यापनसँग कुरा गर्न खोज्यौं । उहाँहरु कसैलाई पनि सम्पर्क नभएपछि हामीले लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमलाई सम्पर्क गरेको बास्तविकता बुझ्ने प्रयासा गरेका छौं । गौतमका अनुसार मृतकका परिवार पनि होम क्वारेन्टाइनमा रहेकाले सव जिम्मा नलगाएको बताए ।
उनले परिवार होम क्वारेन्टाइनमा रहेको भनेपनि सोमबार दिउसो मृतककी पत्नि सव बुझ्न अस्पताल पुगेकी थिइन । आफन्त अस्पताल आउँदापनि अस्पतालले हामी आफै सव जलाउँछौं भनेर जवाफ फर्काएको थियो । किन यस्तो गर्यो त अस्पतालले ? भन्ने हाम्रो प्रश्नमा अस्पतालका सूचना अधिकारी डा गौतमले विशेष कुरा खोल्न बाध्य भए ।
सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले सव अस्पताललाई आफै जलाउन भनेपछि अस्पतालमा विवाद भएको डा. गौतमले बताए । ‘हामी आफन्तलाई नै सव दिन चाहन्छौं’ उनल भने,
‘अस्पतालले फोहोर चिजहरु जलाएर नस्ट गर्ने हो । सव त होइन नी तर मेयरसावले जवरजस्त गरिरहनु भएको छ ।’
मृतकका परिवारमा दुई छोरा र श्रीमति छन । परिवारको खम्बानै ढलेपछि उनीहरुको परिवारमा ब्रजपात भएको छ । घरमा साना बच्चा र महिलाको विचल्ली भएको छ ।