स्वास्थ्य मन्त्रीको आलोचना भइरहेका वेलामा सहरी विकास राज्यमन्त्रीको चौतर्फी प्रशंसा
काठमाडौं – स्वास्थ्य मन्त्रालयमा ठुलो चलखेल भएको भन्दै जनस्तरबाट चर्को आलोचना भइरहेका वेलामा सहरी विकास राज्यमन्त्रीको चौतर्फी प्रशंसा भइरहेको छ । रामवीर मानन्धरले लकडाउनको सदुपयोग गर्दै जनतालाई आफ्नो तर्फबाट सहयोग गरेकाले उनको प्रशंसा भएको हो ।
उनले सामाजिक संजालमा स्टाटस राख्दै लकडाउनको समयमा केही समस्या परे सिधै फोन गर्न भनेका छन् । उनले भनेका मात्र होइन फिल्डमा उत्रेर काम पनि धमाधम गरिरहेका छन । उनले आफ्नो व्यक्तिगत मोवाइल नम्बर सामाजिक संजालमा शेयर गर्दै सहयोग माग्न भनेका छन । उनले मोवाइल नम्बर सार्वजनिक गरेकापछि धेरै जनताले राहतका लागि फोन गर्ने गरेको र उनीहरुको समस्याको समाधात तत्काल गरिदिने गरेको उनको सचिवालयले जनाएको छ ।
तपाइलाई पनि काठमाडौंभित्र केही समस्यामा परेका सहजीकरणका फोन गर्न सकिने मन्त्री मानन्धरले बताएका छन । काठमाडौं– ७ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित मन्त्री मानन्धरले आफूसँग सीधै ९८५११५९५९२ मा फान गर्न भनेका छन ।
घरभित्रै बसेर सरकारले गरिरहेको पहललाई साथ दिन आमनागरिकलाई मन्त्री मानन्धरको आग्रहसमेत गरेका छन ।