खुशीको खवर, अव पशुपतिको शव दाह गृहमा निःशुल्क दाह संस्कार
काठमाडौं – गरिव तथा विपन्न नेपालीहरुका लागि खुशीको खवर छ । अव पशुपति आर्याघाटको विद्युतीय सव दाह गृहमा निःशुल्क दाहासंका गर्न पाइने भएको छ ।
सरकारले आर्थिक अवस्था कमजोर भएका परिवारका मृत सदस्यको लागि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा निःशुल्क दाह संस्कारको प्रबन्ध मिलाएको छ ।
लकडाउनको समयमा कमजोर आर्थिक अवस्था भएकालाई दाह संस्कारका लागि पैसा जुटाउन झन कठिन हुने भन्दै निःशुल्क दाह संस्कारको व्यवस्था मिलाइएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार सामान्य अवस्थामा कुनै सामाजिक संस्थाको सिफारिसमा आएका गरिब परिवारलाई मात्रै यो सुविधा दिँदै आएको भए पनि अहिले बिनासिफारिस नै निःशुल्क दाह संस्कारको व्यवस्था मिलाइएको छ ।
“यो सुविधा विद्युतीय शव दाह गृहमा मात्रै प्रदान गरिएको छ । दाउराले जलाउने ठाउँमा भने तोकिएको शुल्क तिर्नुपर्छ,” कोषका सदस्य सचिव ढकालले भने ।
सोमबार र मंगलबार मृत्यु भएका दुईजनाको शव निःशुल्क जलाइएको थियो । ढकालका अनुसार यो सुविधा लकडाउनको अवधिभर मात्रै प्रदान गरिने छ । विद्युतीय शव दाहगृहमा जलाउन चार हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
चितामा भने भीआईपीबाहेक सामान्यमा समेत न्युनतम ६ हजार रुपैयाँ शुल्क लाग्छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्युनीकरणका लागि सरकारले लकडाउन गरेसँगै पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि ल्याउने शवको संख्यामा कमी आएको छ ।